के अमेरिकी राष्ट्रपति ट्रम्प राज्य सञ्चालनमा असफल भएकै हुन् ?



काठमाडौं । राजनीतिमा कहिले काही अनौठो तरिकाले शक्ति प्राप्त हुन्छ । अमेरिकी राष्ट्रपति हिलारी क्लिन्टनले जित्छिन् भन्नेमा धेरै आशावदी थिए । सञ्चार माध्यमले पनि त्यही लेखे । र, प्रचार गरे ।

एकाध सञ्चार माध्यम मात्रै डोनाल्ड ट्रम्पको पक्षमा देखिए । तर परिणाम सोचाई भन्दा ठीक विपरित आयो । कारण थियो ट्रम्पको अमेरिका पुनः निर्माण भन्ने नयाँ राष्ट्रवादी नारा ।

अमेरिकी जनताले उनलाई पत्याए । र, मतदान पनि गरे । तर उनले जनताको अपेक्षालाई शतप्रतिशत रुपमा कुनै सकारात्मक परिणाम दिन नसकेको गुनासो एक वर्षको कार्यकालमा देखिएको छ ।

जनवरी २२ बाट ट्रम्पको दोस्रो वर्षको इनिङ सुरु भएको छ । अमेरिकी सिनेमा करिब दुई तिहाई हाराहारीमा उनको समर्थक भएपनि ट्रम्प राज्य सञ्चालनमा असफल जस्तै देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको टिप्पणी छ ।

त्यसो त ट्रम्प मिडियालाई फेक भन्दै उडाउन पनि सिपालु छन् । उनको सोही बानीका कारण पनि उनको आलोचना बढ्दै गएको छ ।

पछिल्लो पटक अमेरिकाको संघीय सरकार नै बन्द हुने अवस्थामा पुग्यो । कारण थियो आनै सांसदको विरोध । विपक्षी डेमोक्र्याट त उनको विपक्षमा नै हुने नै भए तर आनै पार्टीका सांसद् समेत उनको विपक्षमा रहे । कारण उनको गलत नीति नै देखियो ।

पछिल्लो पटक अर्को प्रकरण सतहमा आएको छ, त्यो हो अमेकिरी राष्ट्रपति निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेप ।

बिबिसिकाअनुसार अमेरिकी राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष जाँचबुझकर्ताले अबको केही सातामा राष्ट्रपति डोनल्ड ट्रम्पसँग सोधपुछ गर्न लागेका छन् ।
बिबिसिले वासिङ्टन पोष्टलाई उदृत गरेरे लेखेको समाचारअनुसार रोबर्ट मलरको टोलीले राष्ट्रपति ट्रम्प अथवा उनको प्रशासनका कसैले अनुसन्धानमा बाधा पुर्याउन खोजेको छ कि छैन भनेर प्रश्न गर्ने छ ।

जाँचबुझ टोलीले खासगरी संघीय जाँचब्यूरोका निर्देशक जेम्स कोमीलाई पदबाट हटाउने ट्रम्प निर्णय र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको राजीनामामा केन्द्रित भएर सोधपुछ गर्ने जनाएको छ ।

बिबिकिसाअनुसार ह्वाइट हाउसले अनुसन्धानलाई पूर्णरुपमा सहयोग गर्ने तर अन्तर्वार्ता कसले दिने त्यसबारे चाहिँ प्रतिक्रिया नजनाउने बताएको छ । उक्त अनुसन्धानका क्रममा अमेरिकाका महान्यायाधिवक्ता जेफ सेसन्ससँग सोधपुछ गरिनेछ । अमेरिकाको उच्च तहमा रहेका अभियोजनकर्तालाई गत साता सोधपुछ गरिएको बिबिसिले जनाएको छ ।

संघीय जाँचबुझ ब्यूरो (एफबीआइ)का पूर्वनिर्देशक मलरले उक्त अनुसन्धानको नेतृत्व गरिरहेका छन् । एफबीआइका निर्देशक जेम्स कोमीलाई गत वर्षको मे महिनामा पदबाट बर्खास्त गर्नु रुसी हस्तक्षेपको अनुसन्धानमाथि हस्तक्षेप गर्ने प्रयास थियो वा थिएन भन्नेबारे पनि यो अनुसन्धान केन्द्रित हुने जनाइएको छ ।


पुष्प दुलाल