१६ प्रसारण लाइन निर्माणमा १३५० करोड खर्च गर्दै विहार



काठमाडौं । भारतको विहारमा विद्युत् प्रसारण लाइन निर्माणका लागि मात्रै १ हजार ३५०.६९ करोड भारतीय रुपैयाँ खर्च गरिने भएको छ ।

भारतका अरु राज्यमा उल्लेख्य मात्रामा विद्युत् उपलब्ध भएपनि विहारमा अझै पनि टुकीको भरमा दैनिक जीवन गुजारा गर्नुपर्ने भएकाले सो परिमाणको रकम खर्च गर्न लागिएको हो ।

विहार ग्रिड कम्पनी पावर ग्रीड कर्पोरेशन इन्डियाको ज्वाइन्ट भेन्चर कम्पनी हो ।

उक्त बजेटले ४०० देखि १३२ केभी क्षमताका १६ प्रसारण लाइन निर्माण गरिनेछ । ४ वटा सवस्टशेन र ७ वटा प्रसारण लाइनको विस्तार गरिनेछ । सो परियोजना सम्पन्न गर्न एक हजार ६८८.३६ करोड प्रस्ताव गरिएको छ ।

ऋण र स्वपूँजीको मात्रा ८०ः २० प्रतिशत रहेको छ । सन् २०२१ मा ती सबै प्रसारण लाइन निर्माण सम्पन्न गरिनेछन् ।

उक्त प्रसारण लाइन र सवस्टेशनको निर्माण पछि बिहारको विद्युत् व्यवस्थापनमा कायापलट हुने व्श्विास लिइएको छ ।


पुष्प दुलाल