प्राधिकरणले बनाउने मोदी खोलामा १४ मेगावाटको आयोजना



काठमाडौं । हाइड्रो हवको रुपमा रहेको कास्कीको मोदी खोला १४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागले आज एक सूचना प्रकाशित गरेर उक्त जानकारी दिएको हो । कास्की र पवर्त जिल्लाकोबीचबाट बग्ने मोदी खोलामा निर्माण हुने उक्त आयोजनाको आयोजनास्थल भने साविकको लुम्ले गाविसमा रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सो आयोजना नदी प्रवाही आयोजना हो ।

आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनका लागि आज सूचना प्रकाशित गरेको हो । आयोजनाको डिजाइन डिस्चार्ज १७ घनमिटर रहेको छ ।

आयोजना तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ७/७ मेगावाट क्षमताका दुई वटा भर्टिकल एक्सिस फ्रान्स्सि टर्वानबाट विद्युत् उत्पादन गरिनेछ ।

वातावरणसँग जोडिएका विषयमा कुनै गुनासो जानकारी भए प्राधिकरण, विदूत् विकास विभागमा जानकारी दिन सूचनामा उल्लेख गरिएको छ ।


पुष्प दुलाल