सरकारी जागिर खाने हो ? आयल निगमले माग्यो ९५ जना कर्मचारी



काठमाडौं । नेपाल आयल निगमले विभिन्न पलमा ९५ जना कर्मचारी माग गरेको छ ।

सरकारी स्वामित्वको निगमले आज ८ तहका प्रबन्धकदेखि तहबिहिन बाउजर अपरेटरसम्मका लागि आवेदन दिन आग्रह गरेको हो ।

प्रबन्धक प्रशासन, लेखा, सिए, अप्रवाधिक प्रशासन, लेखा, इन्जिनियर, वरिष्ठ सहयाक, कम्प्युटर, टेक्निसियनलयातका पदमा आवेदन माग गरेको हो ।

१८ बर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका र महिलाको हकमा ४० वर्षसम्मकाले समेत आवेदन दिन सकिने सूचनामा उल्लेख छ । सम्बन्धित पदका लागि तोकिएको योग्यता भने हुनै पर्ने निगमको सूचनामा उल्लेख छ ।


पुष्प दुलाल