प्रदेश ७ मा एमाल ३ काँग्रेस २ र माओवादीकोे १ जना निर्विरोध निर्वाचित



धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस मध्ये खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी महिलातर्फ एमालेकी इन्दु कडरिया र कमलाकुमारी ओली, काँग्रेसकी तारादेवी भट्टले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अन्य कसैको उमेद्वारी नपरेकाले महिला सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार अल्पसंख्यक वा अपाङ्गतर्फ नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा र नेपाली काँग्रेसका छत्रराज जोशी, दलिततर्फ नेकपा (एमाले)का चक्रबहादुर स्नेही र काँग्रेसका शेरीराम पार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै एक/एक जना निर्वाचित हुने अल्पसंख्यक वा अपाङ्ग र दलिततर्फ दुई/दुई जनाको उम्मेदवारी परेको छ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ सदस्य निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । रासस


क्लिकमान्डु