ट्याक्सीमा बिलिङ मेसिन जडान गर्न सरकार असफल



काठमाडौं । सरकारले २०७३ सालदेखि सबै सार्वजनिक ट्याक्सीमा बिलिङ सिस्टमको व्यवस्था गर्न निर्देशन दियो । तर, त्यो निर्देशन भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’ झै भएको छ ।

यो कुरा कसैलाई हेर्ने अनौठो रुपको विषयमा आएको छ भने कसैलाई यसको वास्तै छैन् । झट्ट हेर्दा ५० प्रतिशत ट्याक्सी ड्राइवरले पनि बिलिङ मेसिन प्रयोग नगरेको देखिन्छ । यसलाई सरकारको कमजोरी या लापरवाहीको रुपमा लिन सकिन्छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका बरिष्ठ प्राविधिक प्रबिण कुमार भन्छन् ‘हामीले बेलाबेलामा अनुगम गर्ने गरिरहेका छौँ । अहिले ट्याक्सी/टेम्पो इकाईमा कर्मचारीको संंख्या कम भएका सबै कार्यलाई पूर्णरुप दिन नसकिएको हो ।’

हाल ट्याक्सी÷टेम्पो इकाईमा काम गर्ने कर्मचारी ४ जना मात्र रहेका छन् ।
उनका अनुसार उपत्यका भित्र १० हजारको हाराहारीमा रहेको ट्याक्सीहरुमा हालसम्म लगभग ४ हजार ट्याक्सीमा बिलिङ मेसिन राखिएको छ ।

अन्य ट्याक्सीमा भने अझैसम्म बिलिङ मेसिन राखिएको छैन् बेलाबेलामा अनुगमन गर्नेर अनुगमनका क्रममा बिलबुक र लाइसेन्स लिने जस्ता कारबाहि गरिए पनि कुनै ठोस कारवाही भने हुन सकेको छैन् ।

कुमार भन्छन् ‘हामीले सबै कुरा आफ्नो हातमा लिन मिल्दैन् । बिना सरकारको निर्णय त्यसो गर्न पनि मिलेन ।’

विभागले आर्थिक वर्ष २०७४ मंसिर ११ गतेसम्ममा १ हजार ३ सय ७७ वटा नयाँ ट्याक्सी दर्ता गरेको छ ।

२ हजार १ सय २८ ट्याक्सीहरु नामसारी भएका छन् । ८ सय २७ ट्याक्सी नविकरण भएका छन् भने १ हजार ६ सय ३० ट्याक्सी जरिवानामा परेका छन् ।

मंसिर महिनामा मात्र भने ९७ नयाँ ट्याक्सीले बिलिङ मेसिन जडान गरेको कुमार बताउँछन् । १ सय ५८ जनाले नामसारी गरेका छन् । ८१ जना ट्याक्सी चालकले ट्याक्सी नविकरण गरेका छन् । यस्तै मंसिर भित्र मात्र १ सय ४५ ट्याक्सीलाई जरिवाना गरिएको छ ।

उनले भने ‘हामीले भुकम्प पिडितलाई दिने भनेको ट्याक्सीहरु पनि सबै वितरण गरिसकेका छौँ । अब कोही कुपन परेको तर थाहा नभएकाको त के नै गर्न सकिन्छ र ।’


क्लिकमान्डु