जग्गाको बाग्रेनिङ नमिल्दा म माथि खनिए कैलाश सिरोहियाः सुमार्गी



काठमाडौं । जग्गाको बाग्रेनिङका कारण कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया आफूमाथि खनिएको मुक्ति श्री कम्पनीका अध्यक्ष अजेयराज सुमार्गीले आरोप लगाएका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन आयोजना गर्दै सुमार्गीले जग्गाको बाग्रेनिङका कारण आफूमाथि सिरोहिया खनिएको आरोप लगाएका हुन् ।

२०७० सालमा सुमार्गी र सिरोहियाबीच जग्गाको कारोबार भएको थियो ।
‘जग्गा कारोबार भएको केही समयलगत्तै सुमार्गीले अप्ठुयारोमा पारेर सस्तोमा जग्गा हत्यायो भन्दै सिरोहिया हिडेका थिए, अहिले सो जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न उद्यत देखिएका छन्,’ सुमार्गीको आरोप छ ।

साथै, जग्गाको कारोबार भएको एक बर्षपछि कान्तिपुर ग्रुपअन्तर्गतको विभिन्न मिडियाहरुले मैले भित्राउन लागेको वैदेशिक लगानीको विरुद्ध निराधार समामाग्री प्रशारण गर्न सुरु गरेको पनि उनी आरोप लगाउँछन् ।


क्लिकमान्डु