पुसको अन्तिम साता ३ करोड ३७ लाख कित्ता सेयर थपियो



काठमाडौं । पुसको अन्तिम साता नेपाल स्टक एक्चेन्जमा सुचिकरणतर्फ ३ करोड ३७ लाख ३३ हजार ८०९ कित्ता सेयर थपिएको छ ।

यस साता ५ कम्पनीका सेयर सुचिकरण भए । जस्मा एक्सेल डेभलपमेन्ट बैंकको १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर सुचिकरण भएको छ भने अन्य ४ कम्पनीको बोनस सेयर सुचिकरण भएको छ ।

यसरी बोनस सेयर सूचिकरण हुनेमा ङादी ग्रुप पावर लिमिटेड, सानिमा बैंक लिमिटेड, नविल बैंक लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

ङादीको ४ लाख ८६ हजार ८६८ कित्ता, सानिमाको १ करोड १० लाख ३६ हजार २१४ कित्ता, नविलको १ करोड ८५ लाख ७७ हजार १४० कित्ता र टुरीजमको १७ लाख १० हजार ७७५ कित्ता सेयर सूचिकृत भएका छन् ।


क्लिकमान्डु