एनआईसी एशियाको १ अर्बको म्यूचुअल फण्ड माघ २ बाट



काठमाडौं । एनआईसी एशिया क्यापिटलले व्यवस्थापन गरेको एनआईसी एशिया ग्रोथ फण्डको बिक्री माघ २ गतेदेखि खुल्ला गर्ने भएको छ ।

औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफलभन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्डप्रति आर्कषण बढदै गहिरहेको छ ।

उक्तम्यूचुअल फण्डले औषत बार्षिक न्युनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने अपेक्षा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले दाबी गरे । म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

एनआईसी एशिया क्यापिटल म्युचल फण्डको आकार १ अर्व रुपैयाको रहेको छ । जसमध्ये १५ प्रतिशत कोष प्रवद्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिने छ । यो योजन छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्मानिष्काशनतथाबिक्रीखुल्लाहुनेछ ।

यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघ संस्था तथा व्यक्तिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाईसम्म खरिद गर्नकालागि आवेदन गर्न सक्ने छन् ।

उक्त इकाईहरु नेपाल स्टक एकस्चेन्जमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा खरिद बिक्री हुने छ ।


क्लिकमान्डु