अप्पर माईले ११ लाख कित्ता साधारण शेयर बिक्री गर्दै



काठमाडौं । इलाम जिल्लामा आयोजना स्थल रहेको अप्पर माई जलविद्युत् आयोजनाले ११ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।

आयोजनाले पहिलो चरणमा सन्दकपुर गाँउपालिकाका लागि ६० प्रतिशत र प्रसारण लाइन रहेको इलाम नगरपालिका लागि ४० प्रतिशत साधारण शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले सन्दकपुरका लागि ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका लागि ४० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।

कम्पनीका कार्यकारी निर्देशक सन्तोष प्रधानकाका अनुसार साधारण शेयर बिक्री गर्नका लागि गत मंसिर ५ गते नै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भइसकेको छ । आगामी माघ ५ गतेदेखि १९ गतेसम्म स्थानीयले साधारण शेयरमा आवेदन दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

एकजनाले न्यूनत्तम २० देखि अधिकत्तम ५ हजार ५०० कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा आयोजनाका अति प्रभावित र प्रभावितलाई साधारण शेयर बिक्री गर्न लागिएको हो ।

कसल १ अर्ब ९५ करोड अधिकृत पूँजी रहेको कम्पनीले १०० मूल्यका १ करोड ९५ लाख कित्तामा साधारण शेयर विभाजन गरेको छ ।

आयोजना प्रभावितलाई कुल १० प्रतिशत शेयर जारी गरेपछि आम सर्वसाधारणका लागि १५ प्रतिशत शेयर बिक्री गरिने छ । हाल आयोजनाले १२ मेगावाट क्षमताको अप्पर माई, ६.२ मेगावाट क्षमताको माथिल्लो माई सी आयोजना सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु