बिभिन्न १३ कम्पनीको संचालक समितिबाट लाभांस दिने निर्णय, कस्को प्रतिफल कति ?



काठमाडौं । बिभिन्न १३ वटा कम्पनीको संचालक समितिको निर्णयले आफ्ना सेयरधनीलाई प्रतिफल दिने घोषणा गरेका छन् । उक्त निर्णय साधारण सभाबाट पारित भएपछि लाभांस वितरण हुने छ ।

यसरी लगानीकर्तालाई प्रतिफल दिने घोषणा गर्ने कम्पनीमा २ बाणिज्य बैंक, नागरिक लगानी कोष, तारागाउँ रिजेन्सी होटल, ३ वटा इन्स्योरेन्स कम्पनी, २ विकास बैंक, १ फाइनान्स कम्पनी र ३ वटा माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

उनिहरुले आर्थिक बर्ष २०७३/७४ को कमाइबाट बोनस सेयर र नगद लाभांस वितरण गर्न लागेका हुन् ।

कुन कम्पनीको कति प्रतिफल ?
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । त्यस्तै कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ ।

त्यसैगरी नागरिक लगानी कोषले २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । ओम डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १७.६९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

इन्स्योरेन्स कम्पनीमा एनएलजी इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ भने प्रिमियर इन्स्योरेन्स कम्पनीले १३.५ प्रतिशत बोनस सेयर र कर बापत लाग्ने ०.८१५ प्रतिशत नगद लाभांस दिने निर्णय संचालक समितिबाट पास गरेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।

त्यसैगरी पोखरा फाइनान्सले ९.५० प्रतिशत बोनस सेयर र करबापत लाग्ने ०.५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । तारागाउँ रिजेन्सी होटलले ७.३६ प्रतिशत नगद लाभांस दिने बताएको छ ।

कालिका माइक्रोकेडिट डेभलपमेन्ट बैंकले २१.२१ प्रतिशत बोनस सेयर र १.११ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । कन्काई विकास बैंकले ६.१५ प्रतिशत बोनस सेयर र ०.३२ प्रतिशत नगद लाभांस दिने संचालक समितिले निर्णय गरेको छ ।

मिर्मिरे माइक्रोफाइनान्सले ३०.८ प्रतिशत बोनस सेयर दिने प्रस्ताबगर्दा समिट माइक्रोफाइनान्सले ३४.४८ प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।


क्लिकमान्डु