कामना विकास र फर्स्ट माक्रोफाइनान्सको सेयर बिक्री खुल्दै



काठमाडौं । कामना विकास बैंक र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको हकप्रद सेयर निस्काशन हुने भएको छ ।

कामना विकास बैंकले १०ः१.५को अनुपातमा ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद सेयर निस्काशन गर्दै छ भने, फर्स्ट माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने छ ।

कामनाले आफ्नो हकप्रद बिक्री माघ १५ देखि खुल्लागर्ने भएको छ भने, फर्स्ट माइक्रोफाइनान्सले माघ ८ गतेसम्म कायम सेयरधनीलाई हकप्रद दिने सुचना प्रकाशित गरेको छ ।


क्लिकमान्डु