सामुदायिक लघुवित्तको साधरण सेयर माघ ९ गतेबाट, यस्तो छ वित्तीय अबस्था



काठमाडौं । काभ्रेको सँगामा प्रधान-कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) माघ ९ गतेबाट सर्बसाधारणमा बिक्री खुल्ला हुने भएको छ ।

कम्पनीले ३ लाख कित्ता सेयर सर्बसाधारणमा बिक्री गर्न लागेको हो । १०० रुपैयाँ अंकितमूल्य रहेको कम्पनीको सेयर माघ १२ गते बैंकिङ समय भित्र इच्छुक लगानीकर्ताले आबेदन दिन सक्ने छन् ।

३ लाख कित्ता सेयर मध्ये ४ प्रतिशत कर्मचारीलाई छुट्टाइएको छ भने ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी २ लाख ७३ हजार कित्ता सेयर सर्बसाधारण बिक्री गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

यस्तो छ वित्तीय अबस्था
कम्पनीको संचित मुनाफा आर्थिक बर्ष २०७३/०७४मा १ करोड ६ लाख रुपैयाँ रहेको छ भने यसअघिको आर्थिक बर्षमा ६१ लाख र कम्पनीको सुरुवाति बर्षमा २१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १२ पैसा रहेको छ भने, कम्पनीको चुक्तापुँजी ७ करोड रुपैयाँ रहेको छ सेयर बिक्री पस्चात १० करोड रुपैयाँ पुग्ने छ ।


क्लिकमान्डु