डलर अर्बपति चौधरीको कम्पनीदेखि पुस्तक प्रकाशकसम्म भए पब्लिक कम्पनी




काठमाडौं । सरकारले कम्पनी ऐनमा संसोधन गरी प्राइभेट कम्पनीलाई पब्लिकमा जानो बाटो सहज बनाएसँगै ३ दर्जनभन्दा बढी कम्पनी पब्लिकमा परिणत भएका छन् ।

गत आर्थिक बर्षदेखि चालु आर्थिक बर्षको अबधिमा ३९ वटा प्राइभेट कम्पनी पब्लिकमा परिणत भइसकेको कम्पनी रजिष्टार कार्यालयले जानकारी दिएको छ ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले प्राइभेट कम्पनी पब्लिकमा परिणत भएर सर्बसाधारणलाई सेयर जारी गर्न पाउने बाटो खुलाएपछि निजी कम्पनीहरु पब्लिकमा परिणत हुन आकर्षित भएका हुन् ।

प्राइभेट कम्पनीहरु पब्लिकमा रुपान्तरण हुन कानुनले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने कम्पनी रजिष्टार कार्यालयका रजिष्टार गिताकुमारी हुमेगाईँले जानकारी दिइन् ।

‘प्राइभेट कम्पनी पब्लिकमा परिणत हुन चुक्ता पुँजी कम्तिमा १ करोड रुपैयाँ हुनै पर्छ, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संचालक नियुक्तिको प्रक्रिया पब्लिक कम्पनीको जस्तो हुने गरी संसोधन पनि अनिवार्य हुन्छ,’ रजिष्टार हुमेगाईँले क्लिकमाण्डूसँग भनिन् ।

यसरी पब्लिक बन्न चाहने कम्पनीहरुमा नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको रेमिटान्स कम्पनी सिजी फिन्कोदेखि बैंकिङ भुक्तानी मध्यस्थता कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजीज् (एससीटी), निदान हस्पिटल, डिस मिडिया नेटवर्क र पुस्तक प्रकाशन र विक्री वितरण गर्ने सेन्चुरी बुक्सलगायत छन् ।

यी हुन् पब्लिक बनेका कम्पनीको नाम र पब्लिक बनेको मिति
१. अपी हाइड्रो मेकानिकल-२०७३ साउन ५
२. बलेफी हाइड्रोपावर-२०७३ पुष ९
३. ब्यांको इन्भेष्टमेन्ट-२०७३ असोज ११
४. भूगोल इनर्जी डेभलपमेन्ट-२०७४ कात्तिक १४
५. विवेकशील आर्दश इन्भेष्टमेन्ट-२०७४ असोज ६
६. विन्ध्यवासीनी हाइड्रो पावर-२०७३ फागुन ३०
७. बुद्धभूमी नेपाल हाइड्रोपावर-२०७४ साउन ३१
८. सेञ्चुरी बुक्स-२०७३ पुस ७
९. सिजी फिन्को-२०७३ चैत ५
१०. सिटी होटल-२०७३ साउन १८
११. डिस मिडिया नेटवर्क-२०७४ असार १८
१२. इनर्जी इन्जिनियरिङ-२०७४ असार ११
१३. इस्टर्न हाइड्रोपावर-२०७४ साउन २०
१४. ग्रिन लाइफ हाइड्रोपावर-२०७४ असार ९
१५. हिम स्टार उर्जा-२०७४ मंसिर २६
१६. हिमाल दोलखा हाइड्रोपावर-२०७४ कात्तिक २७
१७. हिमालयन हाइड्रोपावर-२०७४ वैशाख २८
१८. हव इन्भेष्टमेन्ट एण्ड क्लियरिङ-२०७४ भदौ ९
१९. केसीएल एस्च्युट क्यापिटल-२०७४ कात्तिक ३०
२०. लाफा इन्भेष्टमेन्ट-२०७४ असोज २४
२१. माया खोला हाइड्रोपावर-२०७३ मंसिर २०
२२. म्याग्दी हाइड्रोपावर-२०७४ बैशाख ७
२३. निदान हस्पिटल-२०७४ कात्तिक २९
२४. पाँचथर पावर-२०७३ साउन २५
२५. सयपत्री हाइड्रोपावर-२०७३ चैत १०
२६. रानीकुवा इन्टरनेसनल हाइड्रोपावर-२०७३ माघ १७
२७. सेवा हाइड्रो-२०७३ माघ १२
२८. शिखर अर्गानाइजेसन-२०७४ असार १६
२९. शिवश्री हाइड्रोपावर-२०७४ मंसिर २९
३०. सिन्धुज्वाला हाइड्रोपावर-२०७३ भदौ १६
३१. सिसा हाइड्रो इलेक्ट्रिक-२०७३ फागुन ४
३२. सिउरीन्यादी पावर-२०७४ साउन ४
३३. स्मार्ट च्वाइस टेक्नोलोजी-२०७४ असार ४
३४. सुपर माई हाइड्रोपावर-२०७४ असार १८
३५. सुपर न्यादी पावर एण्ड इन्भेष्टमेन्ट-२०७४ साउन ३
३६. स्वैतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन-२०७३ असोज १७
३७. थ्रीस्टार हाइड्रोपावर-२०७४ भदौ ११
३८. अपर स्याङगे हाइड्रोपावर-२०७३ चैत १८
३९. भिजन लुम्बिनी टुर्स एण्ड ट्राभल्स-२०७३ भदौ ८


क्लिकमान्डु