‘सिद्धार्थ म्युचल फण्डले १ लाख ४७ हजार कित्ता सेयर बिक्री गर्दै, आबेदन आजैबाट दिन सकिने



काठमाडौं । ‘सिद्धार्थ लगानी वृद्धि योजना १’ ले बिभिन्न २४ वटा कम्पनीको आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

सिद्धार्थ म्युचलफण्ड अन्र्तगतको ‘सिद्धार्थ लगानी वृद्धि योजना १’ २०७४।०९।०९ गते परिपक्व भएकाले धितोपत्र बोर्डबाट मिति २०७४।०८।१३मा प्राप्त निर्देशाअनुसार उक्त सेयर लिलामी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीको स्वामित्वमा रहेको चिलिमे हाइड्रोपावर कम्पनीको ५ हजार ७८० कित्ता, सिटिजन्स बैंक इन्टरनेशनलको ६ हजार ९१६, लक्ष्मी बैंकको १ हजार १२ कित्ता र लक्ष्मी लघुवित्तको १ हजार २१७२ कित्ता सेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।

त्यसैगरि टुरिजम डेभलपमेन्ट बैंकको १९ हजार २०४, मेगा बैंकको ७४ हजार ३७६ कित्ता, माहुली सामुदायीक लघुवित्तको १४० कित्ता, नबिल बैंकको संस्थापक सेयर १० हजार ६६८ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर २ हजार ५४८ कित्ता बिक्री गर्न लागेको हो ।
एनएमबी माइक्रोफाइनान्सको १६४ कित्ता, ओम डेभलपमेन्ट बैंकको १९६ कित्ता, रप्ती भेरी विकास बैंकको १ हजार २५२ कित्ता, आएमडिसीको २ हजार ५१२ कित्ता र सानीमा बैंकको ५ हजार ८०४ कित्ता सेयर लिलामीमा राख्ने भएको छ ।

स्वदेशी लघुवित्तको ८२० कित्ता, होटल सोल्टीको १ हजार ४६८ कित्ता, साना किसान बैंकको ५ हजार २०४ कित्ता, सूर्योदय लघुवित्तको ३४० कित्ता, समता माइक्रोफाइनान्सको २६८ कित्ता, स्वाभलम्बन विकास बैंकको २ हजार ९७६ कित्ता, युनिलिभरको ८४८ कित्ता र मुक्तीनाथ विकास बैंकको ९७२ कित्ता, साइन रेसुङ्गा विकास बैंकको ९०० कित्ता र सनराइज बैंकको १ हजार ७७२ कित्ता सेयर गोप्य सिलबन्धी बोलपत्र द्धारा बिक्री गर्ने भएको छ ।

कम्पनीले जम्मा १ लाख ४७ हजार ४१२ कित्ता सेयर लिलाम बिक्री गर्ने भएको हो ।

इच्छुक लागनीकर्ताले आज पुस २६ गतेबाट आफुले लिन चाहेको सेयर संख्या र कबुलगर्न चाहेको मूल्य लगाई आबेदन दिन सक्ने छन् । आबेदन दिने अन्तिम मिति माघ २ गते तोकिएको छ ।


क्लिकमान्डु