जगदम्बा सिमेन्टको प्राविधिक गोष्ठी सम्पन्न, ब्लेन्डेड सिमेन्टको प्रयोग बारे छलफल



काठमाडौं । जगदम्बा सिमेन्टले काठमाडौं जिल्लामा पुस २१ गते इन्जिनियरहरुसँग ‘जगदम्बा सिमेन्ट काउकस’ आयोजना गरेको छ । सो कार्यक्रममा सुरक्षित र दिगो निर्माण, पुन निर्माण सामग्रीको छनोट र प्रयोग लगायत ब्लेन्डेड सिमेन्टको उच्चतम प्रयोग तथा उपभोगलगायत उपभोक्ता मैत्री सेवाका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

सो छलफलमा ३० जना भन्दा बढी प्राविधिक ब्यक्तिहरुको उपस्थिती थियो ।

उपस्थित हुनेहरुमा नगरपालिका योजना प्रमुख, भुकम्प प्रतिरोधी निर्माण गर्ने, सुपरभिजन गर्ने प्राविधिक, जगदम्बा सिमेन्टका वरिष्ठ आयोजना प्रमुख र वरिष्ठ ईन्जिनियरहरुको समेत उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा जगदम्बा सिमेन्टमा कार्यरत वरिष्ठ आयोजना प्रमुख सुनिल पौडेल र वरिष्ठ इन्जिनियर रमनहरी भुर्तेलले विविध प्राविधिक प्रस्तुति दिएका थिए । साथै ब्राण्ड प्रवन्धक जगन्नाथ दहालले ब्लेन्डेड सिमेन्टको प्रयोगले देशमा रहेको श्रोत(चुनढुङ्गा) को न्यूनतम प्रयोग गरी अधिकतम लाभ लिन सकिने र अर्कोतर्फ उपभोक्तालाई पनि व्ययभार कम पर्न जाने बताए ।

यसअघि पनि विभिन्न ठाउँहरुमा विभिन्न उपभोक्तामुखी कार्यक्रमहरु जस्तै डिलर भेटघाट कार्यक्रम, निर्माणकर्मी भेटघाट, अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।


क्लिकमान्डु