१२ अंकले बढ्यो नेप्से, ५० करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १२.२७ अंकले बढेको छ । मंगलबार नेप्से १४५६.०७ विन्दुमा अडेको छ ।

नेप्सेका अनुसार आज १ सय ५८ कम्पनीका ९ लाख १५ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ५० करोड १७ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ६ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । इन्स्योरेन्सको सेयर १८ सय ७९ रुपैयाँ प्रति कित्ता कारोबार भएको छ ।

बैंकिङ समूह १२.९६, ट्रेडिङ समूह १.२६, होटल समूह ६०.२, विकास बैंक १४.३७, जलविद्यूत समूह ५.८७, वित्तिय समूह ०.६४, बीमा समूह ३४.२८, अन्य समूह ४.९६ र माइक्रोफाइनान्स १७.९५ अंकले बढेको छ ।

उत्पादन मूलक समूह ३.११ अंकले घटेको छ ।

बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ६.११ प्रतिशतले कमाएका छन् ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु