३६ करोडको कारोबार हुँदा, ८ अंकले बढ्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ७.९७ अंकले बढेको छ । आइतबार नेप्से १४३१.८० विन्दुमा अडेको छ ।

नेप्सेका अनुसार आज १ सय ५७ कम्पनीका ७ लाख ५१ कित्ता सेयर खरिद बिक्री भएको छ । ३६ करोड १६ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह १.८५, होटल समूह १४.२७, विकास बैंक समूह ९.३२, जलविद्युत समूह ४.२, बीमा समूह १६५.८७, उत्पादन मूलक समूह १० अंकले बढेका छन् ।

वित्तिय समूह १.१४ र अन्य समूह ०.५७ अंकले घटेका छन् ।

आज ट्रेडिङ समूहको कारोबार नभएको नेप्सेले जनाएको छ ।

मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाएका छन् ।

फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक प्रमोट सेयरका लगानीकर्ताले ५.६४ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु