लुम्बिनी विकास बैंकको सेयर निस्काशन माघ ११ बाट



काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्ना सेयरधनीलाई बिक्री गर्नलागेको हकप्रद सेयर माघ ११ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

बैंकले १०० रुपैयाँ प्रतिकित्ता मुल्य तोकिएको हकप्रद सेयर २० लाख ८ हजार ८७८ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

बैंकले आफ्ना सेयरधनीलाई १० कित्ता बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर बिक्री पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ पुग्ने छ ।

बैंकको हकप्रद बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ भने पुस १६ गतेसम्म सेयरधनीले आबेदन दिन सक्ने छन् ।


क्लिकमान्डु