जलबिद्युत् कम्पनी कालिका पावरलाई साधारण शेयर जारी गर्न बोर्डले दियो स्वीकृति



काठमाडौं । गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि ६ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आज कालिका पावरलाई ६ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले १०० रुपैयाँ मूल्य अंकित दरको ६ लाख कित्ता साधारण शेयर जारी गर्ने छ ।

कम्पनीले साधारण शेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

गोरखाको दरौदी खोलामा कम्पनीले ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । स्थानीयवासीलाई साधारण शेयर दिएपछि कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्नेछ ।

बोर्डले बिहीबार रसुवागढी हाइड्रोपावर कम्पनीलाई एक अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न स्वीकृति दिइएको थियो ।


क्लिकमान्डु