साताभरमा २ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच




काठमडौं । यो साता पुँजी बजार मापक नेप्से परिसुचक ३३ अंकले बढेको छ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७५८३ कारोबारबाट २ अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरका ६४ लाख ७९ हजार आठ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

नेप्सेले दिएको जानकारी अनुसार कारोबार रकम गत साताको भन्दा शुन्य दशमबल ९१ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७१५३ कारोबारबाट २ अर्ब ६८ करोड २६ लाख ४२ हजार रुपैयाँ बराबरका ५७ लाख २५ हजार दुई सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३३.२५ अंकले बढेर अन्तिम दिन १४२३.८३ अंकमा पुगेको छ । यो साता बाणिज्य बैंकहरुको परिसुचक ४२.७२ अंकले, विकास बैंकको परिसुचक १६.३७ अंकले, फाइनान्स कम्पनीहरुको परिसचुक ७.७५ अंकले, लघुवित्त कम्पनीको परिसुचक ४२.८१ अंकले र होटल समुहको परिसुचक २४ अंकले बढेका छन् ।

यस्तै जलविद्युत समुहको परिसुचक ९.३१ अंकले, बीमा समुहको परिसुचक ९२.९१ अंकले, उत्पादनमुलक समहुको परिसुचक २९.२४ अंकले बढेका छन् भने अन्य समुहको परिसुचकमा कुनै परिवर्तन आएन । ब्यापार समुहको परिसुचक भने १.२७ अंकले घटेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७.५४ अंकले बढेर २९९.६६ अंकमा पुगेको छ ।

यो साता कारोबार रकम (१७ करोड ३८ लाख ३० हजार रुपैयाँ) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ३४ हजार कित्ता) को आधारमा प्रभु बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या (२७५७ वटा) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नै अग्रस्थानमा रहेको नेप्सेले जानकारी दिएको छ ।


क्लिकमान्डु