एनआर्इसी एशियाको ग्रोथ फण्ड निश्कासन, १० करोड इकाईको बिक्री खुल्ला



काठमाडौं । एनआईसी एसिया बैंकको सहायक कम्पनीले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड माघ २ गतेदेखि सार्वजनिक निश्कासन गर्ने भएको छ । एनआइसी एसिया क्यापिटलले प्रति इकार्इ अंकित मूल्य १० का दरले १० करोड इकाईको बिक्री खुल्ला गरेको हो।

एनआईसी एसिया ग्रोथ फण्ड नामक योजनामा खुला भएकोमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंक र क्यापिटललाई सुरक्षित गरिएको छ।

बाँकी आठ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने यो इकार्इको अवधि सात बर्षे सम्मको रहने छ। एनआइसी एसियाले ल्याएको यो पहिलो फण्ड हो।

आस्वा प्रणाली भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु बाट माघ ८ गतेसम्म आवेदन गर्न सकिनेछ ।

न्यूनतम एक सय इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन गर्न सकिने एनआइसी एसिया क्यापिटलले जनाएको छ।


क्लिकमान्डु