७ अंकले बढ्यो नेप्से, ५३ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ७.२२ अंकले बढेको छ । बिहीबार नेप्से १४२३.८३ विन्दुमा अडेको छ ।

नेप्सेका अनुसार आज १ सय ५९ कम्पनीका १३ लाख ४९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ५३ करोड ५० लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ६.३५, जलविद्युत समूह ४.१३, वित्तिय समूह १.८३, बीमा समूह १८.२७, उत्पादन मूलक समूह ११.१८, अन्य समूह १५.९१ र माइक्रोफाइनान्स ८.२८ अंकले बढेको छ ।

ट्रेडिङ समूह २.८७, होटल समूह ६.६४ र विकास बैंक समूह ७.४१ अंकले घटेका छन् ।

मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाएका छन् ।

एशियन लाईफ इन्स्योरेन्स प्रमोटर सेयरका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु