केपी ओली किन गएनन् प्रधानमन्त्रीले बोलाएको बैठकमा ?




काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने, प्रदेश प्रमुख तोक्ने तथा प्रदेशसको अस्थायी मुकाम तोक्ने कार्यसूचीका साथ सुरु भएको बैठकलाई आम मानिसले चासो पूर्वक हेरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हानमा भएको सर्वदलीय बैठकमा राष्ट्रिय कार्यसूचीका विषयमा ब्रेक थ्रु हुने अपेक्षा गरिएको छ ।

बैठकमा प्रदेश प्रमूख नियुक्तिमा राजनीतिक सहमति जुटाउनेबारे छलफल हुँदैछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशांक कोइराला, कृष्ण सिटौला, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय समाजबादी फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागी छन् । । तर एमाले अध्यक्ष केपी ओली भने बैकठमा सहभागी छैनन् ।

स्वास्थ्यको कारण देखाएर उनी बैठकमा सहभागी नभएको बताइएको छ ।


क्लिकमान्डु