साढे २० अंकले घट्यो नेप्से, ४४ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.६३ अंकले घटेको छ । बुधबार नेप्से १४१६ .६१ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ५५ कम्पनीका ८ लाख ९० हजार कित्ता सेयर खरिद विक्री भएको छ । ४४ करोड ५५ लाख ४६ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको छ ।

होटल समूह २९.३३, बैंकिङ समूह १६.२८, विकाश बैंक समूह १७.१६, बीमा समूह १३४.८२, माइक्रो फाइनान्स २६.६८, जलविद्युत समूह २६.०१, वित्तीय समूह ४.८, उत्पादन मूलक समूह १.४, ट्रडिङ समूह १.३५ र अन्य समूह २६.६८ अंकले घटेका हुन् ।

मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ५.६० प्रतिशतले कमाइ गरेका छन् ।

महिला सहयात्रा माइक्रो फाइनान्स विक्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमाण्डू