२ अंकले बढ्यो नेप्से, ६२ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक २.३४ अंकले बढेको छ । मंगलबार नेप्से १४३७.१४ विन्दुमा अडेको छ ।

नेप्सेका अनुसार आज १ सय ६६ कम्पनीका १२ लाख ४५ हजार कित्ता सेयर खरिद विक्री भएका छन् । ६२ करोड १८ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सामान्य सुधार देखिदा ३ कम्पनीको उपसुचक मात्र बढेको छ ।

बैंकिङ समूह १०.१३, ट्रेडिङ समूह ०.०८ र अन्य समूह ४.३४ अंकले बढेको छ ।

होटल समूह ५१.५८, विकास बैंक समूह ४.०६, जलविद्युत समूह २८.६१, वित्तिय समूह २.५८, बीमा समूह ६४.६८, उत्पादन मूलक समूह ५.८६ र माइक्रोफाइनान्स ८.२६ अंकले घटेका छन ।

मिसन डेभलपमेन्ट बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सका लागनीकर्ताले ७ प्रतिशत भन्दा धेरैले कमाएका छन् ।

एभरेष्ट बैंक प्रमोटर सेयरका लगानीकर्ताले ७.४९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु