कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस सेयर



काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले २० प्रतिशत सेयर दिने प्रस्ताव पारित गरेको हो । ७ अर्ब चुक्ता पुँजी रहेको बैंकले २० प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पुँजी ८ अर्ब कट्ने छ ।

बैंकले बोनस सेयरमा लाग्ने करको लागि १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

सरकारको नाममा रहेको फिर्ता नहुँने अग्राधिकार सेयरमा ६ प्रतिशत नगद लाभांश दिने निर्णय बैंकले गरेको छ ।


क्लिकमान्डु