ह्वाटसएप डाउन हुँदा मजाक उडाइयो



काठमाडौं । नयाँ वर्ष २०१८ मा ह्वाट्सएपले मानिसहरुलाई चिन्तामा पारेको छ । लाखौं मानिसहरु यसमार्फत नयाँ वर्षको सुभकामनाको म्यासेज गर्न प्रयास गरिरहे तर, ह्वाट्सएप डाउन भयो । मानिसहरुले ह्वाट्सएपका कारण रिसाउँदै सामाजिक सञ्जालमा नाराबाजी लगाएका छन् । विश्वको धेरै जसो ठाउँबाट ह्वाट्सएप डाउन हुनुको समस्या आए पनि कम्पनीले भने अहिलेसम्म कुनै सफाइ दिएको छैन् ।

टुइटरमा ट्रेन्ड भयो ह्वाट्सएप डाउन भएको म्यासेज

नयाँ वर्षको सुरुवातमा ह्वाट्सएप प्रयोगकर्ताहरु चिन्तित हुनुपरेको छ । म्यासेजिङ एपको प्रयोग गर्नेहरु मानिसहरु तब चिन्तित भएका थिए जब उनीहरुले नयाँ वर्षको म्यासेज पठाउन पाएनन् ।

ब्रिटेनको वेभसाइट दि सनका अनुसार युरोप र अमेरिकामा यस्तो समस्या धेरै भएको हो ।

मानिसहरुले यही समस्यालाई लिएर टुइटरमा रिस पोखेका छन् ।

ह्वाट्सएप कति समयलाई डाउन भयो?

मिडिया रिपोर्टसका अनुसार ह्वाट्सएप करिब ३० मिनेटको लागि डाउन भएको थियो । यसअघि पनि यसको सर्भिस बन्द हुने गरेको थियो ।

ब्रिटेन र अमेरिकामा पनि यसको असर

दि सनका अनुसार ब्रिटेनमा ह्वाट्सएप रातभरी ४५ मिनेटको लागि डाउन भएको थियो । उत्तर र दक्षिण अमेरिकामा पनि यस्तै अवस्था रहेको छ । सो देशमा यसका करिब १ करोड प्रयोगकर्ता रहेका छन् । यहाँका मासिहरुले पनि टुइटर मार्फत आफ्नो आपत्ति जनाएका थिए ।

ह्वाट्सएपले ब्रिटेन र अमेरिकी प्रयोगकर्ताहरुलाई ध्यानमा राख्दै भनेको छ– ‘हाम्रो सर्भिस अहिले केही समयको लागि समस्यामा परेको छ । हामी यसलाई समाधान गर्ने कोसिसमा छौँ । आशा छ की यसले चाडै काम गर्ने छ ।’


क्लिकमान्डु