नेप्से ४४ अंकले बढ्यो, ४९ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ४४.२२ अंकले बढेको छ । सन् २०१८ को पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । सोमबार नेप्से १४३४.८० विन्दुमा अडेको छ ।

नेप्सेका अनुसार आज १ सय ६३ कम्पनीका ११ लाख ३२ कित्ता सेयर खरिद विक्री भएका छन् । ४९ करोड ४३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ४२.५२, ट्रेडिङ समूह २.८७, होटल समूह १११.५७, विकास बैंक समूह ४५, जलविद्युत समूह ५९.८, वित्तिय समूह १३.२६, बीमा समूह २७०.८, उत्पादन मूलक समूह २५.३२ र माइक्रोफाइनान्स ६९.४७ अंकले बढेका छन् ।

अन्य समूह भने ०.८७ अंकले घटेको छ ।

राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयर, राष्ट्रिय बीमा कम्पनी र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लागनीकर्ताले ८ प्रतिशत भन्दा धेरैले कमाएका छन् ।

पुर्णिमा विकास बैंकका लगानीकर्ताले ३.०८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु