१४ सयको बिन्दुबाट पनि ओरालो लाग्यो नेप्से, आइतबार २४ अंकले घट्यो




काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.२० अंकले घटेको छ । नेप्से १.७१ प्रतिशतले घट्दा १३९० .५८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएअनुसार सो दिन १ सय ५८ कम्पनीका १८ लाख २५ हजार १ सय ८२ कित्ता सेयर खरिद विक्री भएको छ । नेप्सेमा ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपैयाँको कारोबार भएको छ ।

लामो समयदेखि १४ सय बिन्दुको हाराहारीमा आएपनि नेप्से १४ बिन्दुबाट तल झरेको थिएन । केही बिश्लेषकहरुले १४ सय बिन्दुमा नेप्सेले टेवा पाउने बताइरहेको बेलामा नेप्से सो बिन्दुबाट तल झरेको हो ।

आइतबार होटल समूह ४.८८ अंकले बढेको छ भने अरु सबै समूह घटेका छन् । बैंकिङ समूह १६.३५, विकाश बैंक समूह १६.७७, बीमा समूह ८३.९, माइक्रो फाइनान्स ३७.५२, जलविद्युत समूह १२.२६, वित्तीय समूह ३.२१, उत्पादन मूलक समूह ८, ट्रडिङ समूह ४.३९ र अन्य समूह ५५.८१ अंकले घटेका हुन् ।

केही सयमयता नेपाल टेलिकमसहितको अन्य समुहको परिसुचक बढ्दै आएको थियो । टेलिकमको सेयर मूल्य केही सातायता बढ्दै गरेका कारण सो समुह बढेको थियो । आइतबार टेलिकमको सेयर लगानीकर्ताले ७ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

सो दिन पोखरा फाइनान्सका लगानीकर्ताले ५.०८ प्रतिशतले कमाइ गरेका छन् । नेपाल दुरसंचार कम्पनीका लगानीकर्ताले ७.७१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु