तरलता समस्या नीतिगत कमजोरीले आएको हो: नेपाल उद्योग परिसंघ



काठमाडौं । नेपाल उद्योग परिसंघले पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या तत्काल समाधान गर्न माग गरेको छ ।

परिसंघले आफ्नो बिज्ञप्तीमा लेखेको छ ‘तरलताको संकटले बैंकिङ प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा नाटकीय ढंगले वृद्धि भइ बढ्दो ब्याजदरले उत्पादन लागत वृद्धि गराएको छ । यसले उद्योग र व्यवसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, निर्यात हतोत्साहित हुने, आयात तीव्रगतिले बढ्ने र समग्र लगानीमा संकुचन आउने संभावना निकै प्रवल रहेको परिसंघको ठहर छ ।’

घट्दो लगानीले कूल गार्हस्थ उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा शिथिलता आउने तथ्यलाई गंभिरतापूर्वक मनन गरी यस समस्यालाई संबोधन गर्न नेपाल राष्ट्र बैंकबाट नीतिगत सुधारको अपेक्षा परिसंघले गरेको छ ।

यसअघिसमेत यस्तो किसिमको समस्या समाधानमा नेपाल राष्ट्र बैंकको पहलबाट समस्या केही समाधान भएकोले पुनः यो समस्या देखिनुमा संरचनात्मक र नीतिगत तहमै परिवर्तन गरिनुपर्ने आवश्यकता रहेको परिसंघको दाबी छ ।

दीर्घकालिन समयमा व्यवसायिले पूर्वानुमानको आधारमा उद्योग व्यवसाय निर्वाध ढंगले गर्न सकियोस ।

आवश्यक पूँजी अर्थव्यवस्थामा लगानी गर्न सके देशले चाहे बमोजिम दीगो, फराकिलो र उच्च आर्थिक विकाश हासिल गर्न सकिने दाबी गर्दै परिसंघले तरलता समस्या सम्बोधनमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकले ठोस कदम चाल्नुपर्ने जनाएको छ ।


क्लिकमान्डु