सेयर बजार लगातार घटेपछि यस्तो भन्दैछन् लगानीकर्ता




काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन पछि पुँजी बजार मापक नेप्से परिसुचक घट्दो क्रममा छ । बजार लगातार घटेपछि लगानीकर्ताहरुमा निरासा छाएको छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको अघिल्लो दिन मंसिर २० गते नेप्से परिसुचक १५३६.५४ बिन्दुमा थियो । निर्वाचन पछि नेप्सेमा १३ दिन कारोबार भएको छ । १३ दिनमा नेप्से १२१.७६ अंकले घटेको छ । सो समयमा मंसिर २७ गते साढे १० अंकले नेप्से बढेको थियो भने बाँकी दिन उधो गतिमा हिडिरहेको छ । पुष १३ गते नेप्से १४१४.७८ अंकमा पुगेको छ ।

यस्तो अवस्थामा लगानीकर्ताहरुले आफ्नो निरासा र अभिब्यक्तिहरु सामाजिक संजालमार्फत ब्यक्त गरिरहेका छन् । पुँजी बजारसँग सम्बन्धित फेसबुक ग्रुपहरुमा लगानीकर्ताले ब्यक्त गरेका केही प्रतिनिधिमुलक अभिब्यक्तिहरु यस्ता देखिए ।

फेसबुक प्रयोगकर्ता सुशीला उप्रेती ‘सबै सेयरको मूल्य आइपीओको रेटमा आउँछ जस्तो छ, किन्न चाँडो भएछ,’ भनेरसेयर बजार, बिचार हजार ग्रुपमा लेख्छिन् ।

 

अर्का लगानीकर्ता ढकाल सरु ‘सेयरबाट न त कमाईयो, न त गुमाईयो, किनकि आफू त आईपीओवाला पो परियो,’ भनेर लेख्छिन् ।

 

 

लगानीकर्ता रोहन शर्मा ‘बजार बढ्दा, सेयरमा लगानी, गरिबी खरानी भन्नेहरु बजार घट्दा, सेयरमा लगानी, घरबार खरानी,’ भनेर लेख्छन् ।

 

 

अम्बिका पी पौडेल ‘घट्दो नेप्सेमा बढीरहेको करोबार । आगामी दिनमा सकारात्मक हुने बलियो आधार’ भनेर फेसबुक वालमा लेख्छन् ।

 

 

यस्तै, सुभास चन्द्र ‘सरकारले मिर्गौला फेल भएका, क्यान्सरः पक्षघाट भएकालाई मासिक ५ हजार भत्ता दिने निर्णय, सेयरमा घाटा खाएकालाई के ?’ भनेर सरकारलाई प्रश्न गर्छन ।

 

सुनिल बस्याल ‘सेयर बढ्नुको कुनै कारण छैन, घटने धेरै कारणहरु छन् । त्यसैले सेयर किन्ने होइन बेच्ने बेला हो’ भनेर फेसबुकमा लेख्छन् ।

विकास अर्याल ‘राजनीतिक गाँठो फूक्दैछ, सहमतिमा अध्यादेश आज जारी हुुनेछ आइतबार कसैले सेयर नबेचौं, अनि के हुँदो रहेछ’ भनेर फेसबुकमा आफ्नो भावना पोख्छन् ।


क्लिकमान्डु