भण्डारण क्षमता विस्तार गर्दै खाद्य संस्थान



काठमाडौँ । नेपाल खाद्य संस्थानले आफ्नो भण्डार क्षमता बढाउने भएको छ ।

संस्थानले सुर्खेत र कैलालीको टीकापुरमा खाद्य सामग्री भण्डारणका लागि क्षमता बढाउन लागेको छ । संस्थानले सुर्खेतमा २० हजार र टीकापुरमा १० हजार क्विन्टल क्षमताका दुई गोदाम बनाउन लागेको संस्थानका निमित्त महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए। मुलुकका विभिन्न स्थानमा संस्थानसँग १० लाख २०० क्विन्टल खाद्यान्न भण्डारण गर्ने सक्ने गोदाम छन् ।

यसैबीच संस्थानले यस वर्ष दुई लाख ७६ हजार क्विन्टल धान संकलन गर्ने भएको छ । धान उत्पादन हुने जिल्लाबाट धान संकलन गरिने खनालले बताए।

अहिले बाँके, कैलाली र कञ्चनपुरबाट धान संकलन भइरहेको छ । ती स्थानबाट ४२ हजार ९४३ क्विन्टल धान संकलन गरिनेछ ।  यसैगरी रुपन्देही, पर्सा, सिरहा, झापा, धनुषा र मोरङबाट पनि धान संकलन गरिने संस्थानको तयारी छ ।


क्लिकमान्डु