बन्यो २ इन्च भन्दा सानो स्मार्टफोन, यस्ता छन् फिचर, मूल्य ३६ सय रुपैयाँ



काठमाडौं । मोबाइल फोन बनाउने कम्पनीहरु दिनानुदिन ठूला स्मार्टफोन बनाउने उपाय खोज्न तिर लागिरहेका छन् । तर, एक कम्पनीले विश्वकै सबैभन्दा सानो मोवाइल फोन बनाएको छ । फोन हेरेर कसैले भन्न सक्दैनन् की यसबाट फोन या म्यासेज गर्न सकिन्छ ।

विश्वको सबैभन्दा सानो यो फोन बुढी औंला जत्रो रहेको छ । यसलाई आफ्नो मुठ्ठी भित्र पनि लुकाउन सकिन्छ । खास कुरा के हो भने यो सिर्फ सानो छैन यो एक वा दुइ रुपैयाँको सिक्का भन्दा पातलो पनि रहेको छ ।

फोन १.८२ इन्चको स्मार्टफोन
ग्याजेट प्रेमीहरुका लागि यो फोन कुनै चमत्कारभन्दा कम रहेको छैन । यो स्मार्ट फोन मात्र १.८२ इन्चको रहेको छ र यसको वेट १३ ग्राम र लम्बाइ २१ एमएम मात्र रहेको छ । यसमा फुल्ली फङसन र स्पीकर जोडिएको छ । पहिलो पटक देख्नु भयो भने तपाई सोच्नपनि सक्नुहुन्न यती सानो मोबाइल फोन हुन्छ भनेर ।

फोनमा २ जी नेटवर्क चल्छ
यो सबैभन्दा सानो फोनमा २ जी नेटवर्क चल्छ । यो एक प्रकारको टक एण्ड टेक्स्ट मोबाइल फोन मात्र हो । यसमा कुनै प्रकारको इन्टरनेट कनेक्सन दिइएको छैन । यदी तपाई फेसबुक नभएको फोन चलाउन चाहानु हुन्छ भने यो भन्दा राम्रो फोन अरु हुनै सक्दैन ।

राम्रो ब्याट्री ब्याक अप
यस मोबाइलको नाम ‘जैनको टिनी टी १’ हो । यसको ब्याट्री निकै टिकाउ रहेको छ । यसको ब्याट्रीमा ३ दिनको स्ट्यान बाइ अप र १८० मिनेटको टक टाइम रहेको छ । यस फोनमा अन्य स्मार्टफोनको जस्तै नानो सिम प्रयोग हुन्छ ।

फीचर

यस फोनमा तपाई ३ सय मानिसहरुको नम्बर सेभ गर्न सक्नुहुने छ । ५० भन्दा बढी म्यासेज स्टोर गर्न सकिन्छ । यो फोनमा ३२ जीबी र्याम र ३२ जीबी रोम दिइएको छ । यसमा माइक्रो यूएसबी चार्जर प्रयोग गर्न सकिने छ ।

कति छ यसको मूल्य?
यस मोबाइलफोनको मूल्य ३० यूरो यानी नेपाली ३ हजार ६ सय ४८ रुपैयाँ मात्र रहेको छ । सो कम्पनीले यो फोन विश्वभर बेच्ने बताएको छ । यसलाइृ कम्पनीले २०१८ मेबाट मात्र बजारमा विक्रीको लागि राखिने जनाएको छ ।

कसले बनायो सबैभन्दा सानो फोन ?
यो विश्वकै सबैभन्दा सानो फोनलाई जेनको कम्पनीले बनाएको हो । कम्पनीको स्थापना सन् २००७ मेमा भएको हो । कम्पनीले आफ्नो सुरुवातदेखि नै विश्वकै सबैभन्दा सानो मोबाइल बनाउने लक्ष्य राखेको थियो । र, अहिले सो कम्पनीले विश्वकै सबैभन्दा सानो फोन बनाएर देखाएको छ । यो कम्पनी जिनी मोबाइल लिमिटेडको पेरेन्ट कम्पनी हो । योे ब्रान्ड एशिया, अफ्रीका, ब्रिटेन, दक्षिण अमेरिका र यूरोपमा बढी प्रशिद्ध रहेको छ ।


क्लिकमान्डु