फुटेको सिसा आफै बन्ने अनौठो खोज, के अब मोवाइल र ल्याप्टप फुट्दैनन् !



काठमाडौं । जापानका रिसर्चर्सहरुले एउटा नयाँ तरिकाको ग्लास बनाएका छन् । जुन् टूट्यो फुट्यो भनेपनि आफैं पुनः बन्छ । यसबाट मोबाइल र ल्यापटप मात्र नभइ झ्याल र फिस ट्याङकको लागिसमेत लामो समयसम्म चल्ने सिसा बनाउन सकिने भएको छ ।

यूनिवर्सिटी अफ टोकियोमा केमिस्ट्री रिसर्चरका रुपमा कार्यरत यू यानागिसावाले यस्तो आश्चर्यजनक खोज गरेका हुन् । यसको बारेमा सुन्दा सुरुमा यही प्रश्न उठेको थियो की टुटेको सिला आफैं कसरी ठिक हुन्छ ?

यस खोज पछि रिसर्चरहरुले हल्का टिकाउ र लामो समयसम्म चल्ने सिसाको प्रोडक्टस बनाउने दिशामा कदम बढाउन सजिलो भएको विश्वास लिइएको छ ।


क्लिकमान्डु