पौने ११ अंकले घट्यो नेप्से, ८१ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १०.७३ अंकले घटेको छ । बिहीबार नेप्से १४१४.७८ अंकमा अडेको छ ।

आज १ सय ६२ कम्पनीका १८ लाख ६१ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ८१ करोड ६९ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

स्ट्याण्डर च्याटर्ड बैंकको २२ करोड ८० लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । आज स्टैण्डर्ड चार्टर्डको सेयर मुल्य १ हजार ९ सय ३२ रुपैयाँ कायम छ ।

बैंकिङ समूह १६.२६, विकास बैंक समूह १२.४७, जलविद्युत समूह ६.५४, वित्तिय समूह ६.५८, बीमा समूह ३.४८, उत्पादन मूलक समूह ०.५८ र माइक्रोफाइनान्स ३.०९ अंकले घटेका छन् ।

ट्रेडिङ समूह ४.८२, होटल समूह ७.०६ र अन्य समूह १.१६ अंकले बढेका छन् ।
माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु