अब कोकाकोला सानो साइजको पेट बोतलमा, मूल्य ४० रुपैयाँ



काठमाडौं । कोका-कोलाले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल(प्लाष्टिक बोतल)मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतलमा आएसँगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् ।

ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको जनाएको छ । जसको मूल्य ४० रपैयाँ तोकिएको छ ।

नयाँ प्याकको सर्वजानिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर श्री अम्बुज सिंहले भने ‘ग्राहकको बढ्दो माग अनुसार हामीले सानो साइजको बोतल बजारमा ल्याएका छौँ । यो सानो प्याकसँगै हाम्रा ग्राहकलाई आफ्नो चाहना अनुसारको साइजमा पेयपदार्थ छनोट गर्न समेत सजिलो भएको छ । हामीलाई विस्वास छ, हाम्रा ग्राहकले यो फुच्चे प्याक मन पाराई यसको आन्नद लिनु हुने छ ।’


क्लिकमान्डु