पाँच कम्पनीको ४ करोड ६ लाख कित्ता सेयर थपिदै, कुन कम्पनीको कति ?



काठमाडौं । बिभिन्न ५ कम्पनीलाई धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । अनुमति पछि ५ कम्पनीका ४ करोड ६ लाख १६ हजार ४ सय ५० कित्ता सेयर बजारमा थप हुने भएको हो ।

धितोपत्र बोर्डले ग्रीन डेभलपमेण्ट बैंकलाई ४० लाख कित्ता सेयर निष्कासनको लागि अनुमति दिएको छ भने, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सलाई २८ लाख ६७ हजार २२५ कित्ता सेयर निष्कासन अनुमति दिएको छ ।

त्यसैगरि कर्णाली डेभलपमेन्ट बैंकलाई ३३ लाख ९७ हजार ५०० कित्ता हकप्रद निष्कासनको स्विकृति दिएको बोर्डले सिद्धार्थ बैंकलाई ६८ लाख २६ हजार ११७ कित्ता सेयर निष्कासनको अनुमति दिएको छ ।

प्रभु बैंकले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । बार्डको अनुमतिसँगै सबै कम्पनीहरुले आफ्नो बिक्री प्रबन्धक घोषणा गरिसकेका छन् ।

ग्रीन डेभलपमेन्ट बैंकको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, श्री इन्भेष्टमेण्टको सिद्धार्थ क्यापिटल, कर्णाली डेभलपमेन्टको प्रभु क्यापिटल, सिद्धार्थ बैंकको लक्ष्मी क्यापिटल र प्रभु बैंकको सनराइज क्यापिटल बिक्री प्रबन्ध रहेका छन् ।


क्लिकमान्डु