बजारमा ७ कम्पनीका हकप्रद बिक्रीमा, कसको कहिलेबाट ?



काठमाडौं । बिभिन्न ७ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको हकप्रद सेयर बिक्री भइरहेको छ ।

यी कम्पनीहरुमा भार्गब विकास बैंकले कार्तिक २४ गतेदेखि बिक्री खुल्ला गरेको हो भने उसको निस्कासन बन्द हुने मिति पुस १४ गते तोकिएको छ । कम्पनीले १०ः८ (१० कित्ता बराबर ८ कित्ता)को दरले हकप्रद वितरण गरेको हो । लगानीकर्ताले भोलिसम्म आफ्नो सेयर खरिदको लागी आबेदन दिन सक्ने छन् ।

त्यस्तै बाणिज्य बैंक मध्ये सिभिल बैंकको हकप्रद बिक्री भइरहेको छ । उसले आफ्ना सेयरधनीलाई दिएको १०ः४ (१० कित्ता बराबर ४ कित्ता) सेयर बिक्री खुल्ला मंसिर २२ गतेबाट गरेको छ भने बिक्री बन्द पुस २७ गते तोकिएको छ । बैंकको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

सेण्ट्रल फाईनासले २ः१ (२ कित्ता बराबर १ कित्ता) का दरले बिक्री खुल्ला गरेको हकप्रद सेयर पुस २३ गतेबाट बिक्री खुल्ला हुने भएको छ । कम्पनीले बिक्री बन्द हुने अन्तिम मिति माघ २१ गते तोकेको छ । फाइनान्सको बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल रहेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सले यहि पुस १६ गते आइतबारबाट हकप्रद सेयर निस्कास न गर्ने छ । कम्पनीले आफ्ना सेयरधनीलाई दिन लागेको १ः०.३० बराबर सेयर बिक्री गर्ने अन्तिम मिति माघ २१ लाई तोकेको छ । प्रुडेन्सियलले बिक्री प्रबन्धकमा एनआईसि एसिया क्यापिटललाई नियुक्त गरेको छ ।

साङ्ग्रिला डेभलपमेण्ट बैंकले १०ः८ (१० कित्ता बराबर ८ कित्ता) का दरले हकप्रद सेयर निस्कासन गर्दैछ । कम्पनीले यहि पुस १७ गतेबाट बिक्री खुल्ला गरि माघ २१ गते बन्द गर्ने जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

गण्डकी विकास बैंकले आफ्ना सेयरधनीलाई ४ः१ (४ कित्ता बराबर १ कित्ता) का दरले दिने निर्णय भएको हकप्रद बिक्री पुस ७ गतेदेखि खुल्ला गरेको छ । बैंकले बिक्री बन्द हुने मिति माघ ११ लाई तोकेको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

पोखरा फाईनान्सले पुस ३० गतेबाट हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १ः०.१५ का दरले हकप्रद निस्कासन गर्दैछ । एनआइबीएल क्यापिटल मार्केट्स बिक्री प्रबन्धक रहेको उक्त निस्कासन फागुन ११ गते बिक्री बन्द हुने जनाइएको छ ।


क्लिकमान्डु