प्रभु बैंकको बुक क्लोज पुस २१ गते



काठमाडौं । प्रभु बैंकको हकप्रद सेयरको लागि बुक क्लोज पुस २१ गते हुने भएको छ । बैंकको साधारण सभाबाट पारित भएबमोजिम आफ्ना सेयरधनीलाई १०ः४ का दरले हकप्रद सेयर बिक्रीको लागि निस्कासन गर्दैछ ।

बैंकको बिक्री प्रबन्धकमा सनराइज क्यापीटल लिमिटेड रहेको छ । उक्त हकप्रद निस्काशनको लागि बैंकले धितोपत्र बोर्डबाट पुस ६ गते स्विकृत पाएको थियो ।


क्लिकमान्डु