हराएका चेलीबेटी खोज्ने मोवाइल एप माइती नेपाललार्इ प्रदान



काठमाडौं। माइती नेपालले चेलीबेटी बेचविचनमा सम्बद्ध अपराधिहरु, बेपत्ता भएका चेलिबेटी, बालबालिकालगायतको जानकारी मोबाइल एपमार्फत लिने भएको छ ।

अमेरिका बसेर सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपाली युवा समिर पन्थीले माइती नेपाललाई सो मोबाइल एप प्रविधि हस्तान्तरण गरेका छन् । अमेरिकामा सूचना प्रविधिका क्षेत्रमा विभिन्न प्रकारका एप, सफ्टवेयर डेभलप गर्दै आएका पन्थीले आर्टिफिसिएल इन्टेलिजेन्सको माध्यमद्वारा अनुहारको पहिचान गर्ने प्रविधि निःशुल्क हस्तान्तरण गरेका हुन् ।

‘खोजी’ नाम दिइएको सो एपको माध्यमले पीडित र पिडकको पहिचान गरी पीडितको उद्धार गर्न र अपराधीलाई कानूनको घेराभित्र ल्याएर दण्डीत गर्न सहज हुने बताईएको छ ।

यस कार्यबाट सम्भावित पिडीतको अग्रिम बचाउ हुनका साथै पिडीतलाई पनि उद्धार गर्न सकिन्छ । यस एपले हराएका बालबालिकालाई साथै बोल्न नसक्ने र मानसिक रोगीहरुलाई पनि समस्याबाट मुक्ति दिलाउन मद्दत गर्ने पन्थीको दावी छ ।

खोजी एपले फोटो नभएकाहरुको नजिकका आफन्तसँग मिल्ने अनुहारसमेत पत्ता लगाउँछ । यसले उही ब्यक्ति हो हैन भन्ने छुट्याउन सहज हुने जानकारी दिईयो ।

त्यसैगरि नाउट्राकइट कम्पनीले माइती नेपालको नेपाल–भारत नाकामा रहेका आवधिक गृहका कर्मचारीहरुलाई ’खोजी’ मोवाइल एप इन्स्टल भएको मोवाइल फोन निःशुल्क उपलब्ध गराएको हो । यसको प्रयोगबारे सम्बन्धित कर्मचारीहरुलाई तालिमसमेत प्रदान गरेको छ ।

परम्परागत उजुरी गर्ने प्रक्रियालाई छोट्याउन र तत्काल सबै ठाउँमा उजुरी पुर्याउन इन्ट्नेटमा आधारित रिपोर्टिङ पोर्टलसमेत कम्पनीले निशुल्क बनाइ दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पन्थीले बताए ।


क्लिकमान्डु