साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा बाबुकाजी महर्जन निर्वाचित




काठमाडौ । साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा बाबुकाली महर्जन निमार्वाचित भएका छन् । महासंघको १३औं बार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट महर्जन अध्यक्षमा निर्वाचित भएका हुन् ।

साधारणसभाले सहअध्यक्षमा हरि पराजुली र वरिष्ठ उपाध्यक्षमा दीपकप्रसाद आचार्यलाई निर्वाचित गरेको छ । त्यस्तै, प्रथम उपाध्यक्षमा इनु पौडेल, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद तिवारी, तृतीय उपाध्यक्षमा प्रेम ढुंगेल र चतुर्थ उपाध्यक्षमा सरिता थापा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा कामिनी सिंह, महासचिवमा कुमार भुजेल, सचिवमा सुलोचना राजभण्डारी र कोषाध्यक्षमा रामकेशर विष्ट निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता सरोज नेपालले जानकारी दिए ।

प्रमुख अतिथी पम्फा भूसालले साना तथा मझौला व्यवसायीहरु देशका मेरुदण्ड रहेकोले व्यवसायीहरुको हकहितका लागि महासंघको भूमिका महत्वपूर्ण रहने भएकोले हामी पनि हातेमालो गर्न तयार रहेको बताइन् । साथै, यसको प्रबर्धनका लागि साझेदारी गर्दै अगाडी बढ्नै प्रतिबद्धता समेत उनले व्यक्त गरिन् ।

साधारण सभामा प्रदेशसभा सदस्यहरु दीपक निरौला, राजकाजी महर्जन, ज्ञानेन्द्र शाक्य र माननीय जीवन खड्को उपस्थिति थियो ।


क्लिकमान्डु