यी १० एप तपाईले डाउनलोड गर्नुभयो ? जुन २०१७ मा सबैभन्दा धेरै प्रयोग भए



काठमाडौं । गुगलले २०१७ को बेस्ट एपको लिस्ट जारी गरेको छ । यी एप विश्मा नै निकै चर्चित रहे । यसमा च्याट, गेम्स देखी सेल्फी एपसम्म समावेश भएका छन् । सबैभन्दा धेरै डाउनलोड भएको आधारमा गुगल प्ले स्टोर्सको चर्चित एपको रुपमा ती एपलाइ मान्न सकिन्छ ।

समावेस भएका एप्सहरु फोटो इडीटर, सेल्फी क्यामरा, म्यासेन्जर लाइट, एएलटी बलाजी, प्याइटम मल, बहुबली द गेम, फ्रि पजल, आरपीजी, सुपर मारियो रन, डक्टर ड्राइभिङ् टु र पोकेकमन डुएल हुन् ।

यसरी नै गुगलले हरेक वर्ष डिसेम्वर महिनामा एउटा लिस्ट निकाल्ने गर्छ । यसमा सबैभन्दा धेरै पल्ट हेरियको फिल्म, फोन, किताबको नाम सबै समावेश गरिएको हुन्छ । यस्ता लिस्टहरु गुगल ट्रेड्स कहाँ जान्छ । उक्त ट्रेड्समा गुगलको प्ले स्टोर्सको धेरै चर्चित एवम् उत्कृष्ट एपको लिस्ट जारी गर्छ ।

यस बर्ष गुगलका सेल्फी क्यामरा सबैभन्दा बढी चर्चित बन्यो । यसबाट फोटो लिने, सुपर मारियो गेम खेल्ने एवम् म्यासेन्जर लाइटबाट च्याट गरेर धेरैले समय बिताइ रहेका छन् ।


क्लिकमान्डु