‘मार्भेलस नाइट’ मार्फत मार्भल टक्नोप्लाष्टले उत्पादनको जानकारी गरायो



काठमाडौं । मार्भल टेक्नोप्लाष्टले डिष्ट्रिब्यटुर र डिलरलाई मार्भल ब्राण्डका पाइप तथा फिटिङ उत्पादनहरुको जानकारी दिएको छ । बिहीबार काठमाडौंमा ‘मार्भेलस नाइट’को आयोजना गरी उत्पादनहरुको जाकारी दिएको हो ।

द लुब्रिजोला कर्पोरेशन, यूएसएको लाइसेन्स लिएर नेपालमा अन्तराष्ट्रिय पाइप तथा फिटिङहरु उत्पादन गर्दै आएको मार्भल टेक्नोप्लाष्टले आयोजना गरेको मार्भलस नाइटमा मुलुकभरका डिष्ट्रिब्यटुर र डिलर सहभागी रहेको आयोजको भनाई छ ।

टेक्नोप्लाष्टका उपाध्यक्ष पवनकुमार सञ्चेतीले आर्थिक विकासँगै निर्माण कार्यले समेत गति दिने वातावरण बन्न लागेको बताए ।

यस्तो अवस्थामा निर्माण सामग्रीहरुको बजार बढ्ने बताउँदै उनले उपभोक्तासम्म गुणस्तयुक्त पाइप तथा फिटिङह पुर्याउने अभियानमा सबै डिलर र डिष्ट्रिब्यटुरको रायसुझावका आधारमा योजनावद्ध ढंकले अगाडि बढ्ने घोषण गरे ।


क्लिकमाण्डू