फाइभ जीको लागि आवश्यक मापदण्ड तोकियो



काठमाडौं। विश्वको वायरलेस प्रविधिको बारेमा निर्णय गर्ने थ्रीजीपीपी वायरलेस गभर्नेन्स अर्गनाइजेसनले पहिलो आधिकारिक ५जी (5G) स्ट्याण्डर्ड पेश गरेको छ, जसलाई ५जी एनआर नाम दिईएको छ ।

संस्थाले ५जी नेटवर्कका लागि आवश्यक पर्ने हार्डवेयरहरुको स्पेशिफिकेसन समेत तोकेको छ ।

५जीको स्तरलाई औपचारिकरु दिनुको अर्थ आगामी दिनमा क्यारियर कम्पनी तथा हार्डवेयर निर्माताहरुले सोहि आधारमा यसको विकास गर्न सक्ने संभावना रहन्छ । संस्थाले आगामी दिनमा ५ जीलाई अगाडि बढाउने उदेश्यका साथ यसको सम्पूर्ण कार्यलाई अगाडि बढाएको हो ।

५जी चलाउनका लागि संगठनले यसको निश्चित वायरलेस ब्याण्ड पनि तोकेको छ । यसको लागि ६०० मेगाहर्जदेखि ५० गीगाहर्जको रेन्जसम्म सिग्नल पुर्याउन सकिने बताईएकोछ भने यसकोे स्पेक्ट्रम ६०० र ७०ण् मेगाहर्ज ब्याण्ड तोकिएको छ ।

टि मोबाइल र भेरिजोनले यसअघि नै सन् २०१८ र २०१९ भित्र ५जी नेटवर्क शुरु गर्ने प्रतिबद्धता जाहेर गरिसकेका छन् ।


क्लिकमाण्डू