विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड्’ बाट सम्मानित



काठमाडौं, ६ पुस । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छनु । आतिथ्य सत्कार उद्योगमा योगदान पुर्याए वापत प्रदान गरिने यो अवार्ड अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त छ ।

भारतको आई्टीपी मिडिया ग्रुपले आतिथ्य सत्कार उद्योगमा अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका विशेष ब्यक्तिहरुलाई प्रत्येक बर्ष यो अवार्ड प्रदान गर्दै आएको छ । अध्यक्ष चौधरी यो अवार्डबाट सम्मानित हुने नवौं व्यक्ति हुनुहुन्छ । यसअघि दि लिला ग्रुप लगायतका विख्यात होटल ब्राण्डहरुले यो अवार्ड प्राप्त गरेका छन् ।

बुधबार राती नयाँ दिल्लीस्थित जेडब्लू म्यारियटमा आयोजित भव्य समारोहकाबीच उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । चौधरी ग्रुपले विश्वविख्यात होटल ब्राण्ड ताजसँग साझेदारी गर्दै आएको छ ।


क्लिकमान्डु