निर्माण पूरा भयो मिदिम खोला, केन्द्रिय प्रसारणमा थपियो ३ मेगावाट विद्युत्



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रिय प्रसारण लाइनमा केही दिन भित्रै थप ३ मेगावाट विद्युत् थप हुने भएको छ ।

प्राधिकरणका सबै जसो आयोजना समस्यामा फसीरहेको, निर्माण अवधि र लागत बढीरहेको बेला मिदिम खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्न लागेको हो ।

जलमजुङको पश्चिम भेगमा निर्माण भएको उक्त आयोजनाको सबै काम सकिएको र हाल परिक्षणको काम भइरहेको छ । आयोजनाकाअनुसार अबको दुई सातामा आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नेछ । हाल पनि आयोजनाबटा उत्पादित विद्युत् प्राधिकरणको केन्द्य्रिय प्रसारण लाइनमा जोडिइसकेको छ ।

ड्राइ र वेट परिक्षण समेत सम्पन्न भइसकेको आयोजनाले प्राधिकरणलाई व्यावसायिक उत्पादन सुरु गर्ने जानकारी दिइसकेको छ । विद्युत् उत्पादन गर्ने टर्वाइनलाई लगातार ७२ घन्टासम्म घुमाएर परिक्षण गरिसकिएको छ ।

मध्य नेपाल नगरपालिका र बेसीशहर नगरपालिकाको नाल्मा भन्ने स्थानमा रहेको आयोजनाबाट अब विद्युत् उत्पादन सुरु गर्न लागिएको आयोजनाका प्रतिनिधि दिपबहादुर सिंहको भनाइ छ ।

आयोजना र प्राधिकरणबीच २०६७ माघमा विद्युत् खरिद विक्री सम्झौता समेत भइसकेको छ , हिउँदमा प्रतियुनिट ८.४० पैसा र वर्षा्कालमा ४ रुपैया प्रतियुनिटमा विद्युत् खरिद सम्झौता भएको हो ।

युनियन हाइड्रोपारले निर्माण गरेको सो आयोजनाबाट उत्पादित विद्युत् भोर्लेटारमा रहेको प्राधिकरणको सवस्टेशनमा जोड्ने भनिएपनि सबस्टशेन निर्माण नहुँदा भोर्लेटार दमौली प्रसारण लाइनमा जोडिएको छ ।

गत वर्ष नै निर्माण सम्पन्न् हुनुपर्ने आयोजना भारतको नाकाबन्द्यी र भूकम्पका कारण ढिलाई भएको हो ।

प्राधिरकणको वेवास्थाका कारण आयोजना आफैले विद्युत्गृहबाट भोर्लेटारसम्मको ८ किलोमिटरर लामो प्रसारण लाइन आफैले निर्माण गरेको हो ।

प्रतिमेगावाट २५ करोड लागत पुगेको आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि पोखरा र आसपासमा क्षेत्रमा विद्युत् वितरणमा केही सहजता थपिने आयोजनाले विश्वस लिएको छ ।


क्लिकमान्डु