लाइक, कमेन्ट र सेयर माग्ने पोस्ट बन्द गर्दै फेसबुक, कसलाई पर्छ असर ?



काठमाडौं । पछिल्ला दिनमा सोसल मिडिया एक अर्कासँग कुराकानी गर्नको लागि मात्र प्रयोग भइरहेको छैन । फेसबुक मार्फत मानिसहरु आफ्नो बिजनेस समेत गर्न थालेका छन् ।

फेसबुकमा थुप्रै प्रकारका पोस्टहरु हुन थालेका छन्, जसमा प्रयोगकर्ताहरुलाई लाइक, कम्मेन्ट र सेयर गर्न भनिएको हुन्छ । फेसबुक अब यस्ता क्रियाकलापलाई रोक्ने तयारीमा छ । फेसबुकले यो जानकरी एक ब्लग मार्फत दिएको हो ।

के भनिएको छ ब्लग पोस्टमा ?
फेसबुकद्धारा पोस्ट गरिएको ब्लगमा भनिएको छ ‘लाइक, कमेन्ट र सेयर माग्ने खाल्का धेरै पोस्टहरु आउन थालेको छ । फेसबुकमा अपरेशन्स इन्टिग्रिटी विशेषज्ञ हेनरी सिल्वरमैनले लेखेको ब्लगमा भनिएको छ ‘यसरी आर्टिफिसीयल तरिकाले इङगेजमेन्ट वा बेटिङबाट रिच बढाउने खाल्का पोस्टको डिमोसन हामी चाडै सुरु गर्ने छौँ ।

कसरी लागु हुनेछ डिमोन
फेसबुक डिमोसन लागु गर्नको लागि लर्निङ मण्डलको प्रयोग गर्नु पर्ने छ । यस मोडलको प्रयोगबाट न्यूज फिडमा देखिने खाल्का यस्ता पोस्ट आफै डिमोट हुने छन् । फेसबुकले यसरी आफ्नो प्लेटफर्ममा आउने खालका स्पैम कन्टेन्ट रोक्ने छ । यसको असर बिजनेश प्रपोजको लागि पोष्ट गर्नेहरुलाई पर्छ ।


क्लिकमान्डु