पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अाजै रातिबाट लागु हुने



काठमाडौं । नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निर्वाचनपछि निगमले दोस्रोपटक मूल्य बढाएको हो ।

निगमले अाज मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टीतेलको मूल्य समान प्रतिलिटर ७८ रुपैयाँ पुगेको छ ।

निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको दाबी गरेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

 


क्लिकमान्डु