बजार खुलेको केही मिनेटमा अडानी ग्रुपको सम्पत्ति ५ हजार करोडले बढ्यो



काडमाडौं । सेयर बजारमा राजनीतिक प्रभाब कत्ति हुन्छ भन्ने कुरालाई भारतको गुजरातमा हिजो भएको बिधानसभा निर्वाचन पछि आज खुलेको बजारले प्रस्ट देखाएको छ ।

निर्वाचनको एग्जिट पोलमा बीजेपीले बहुमत आउने अनुमानसंगै अडानी समूहको सेयरमा उच्च वृद्धि भएको छ । कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतले वृद्धि भएको भारतिय समाचार संस्था दैनिक भाष्करले जनाएको छ ।

अडानी ग्रुपको लगानीमा रहेको अडानी ट्रान्समिशनको सेयरमा उच्च वृद्धि भएको हो । यसको सेयर मूल्यमा ५.०७ प्रतिशत बढोत्तरी भई बीएसईमा यसको मूल्य अहिले सम्मकै उच्च २०१.९० भारु पुगेको छ ।

यसको अलावा अडानी इन्टरप्रइजेजको, सेयरमा ४.७५, अडानी पावरको सेयरमा ४.२३, अडानी पोट्स एण्ड इकोनोमिक जोनमा ३.०८ प्रतिशत बढोत्तरी भएको छ ।

बजार खुल्ना साथ दु्रतगतिमा बढेको यी ४ कम्पनीको सेयर कुल ४९८५ करोड रुपैयाँले बढेको हो । यसमा सबैभन्दा बढी अडानी पोट्स एण्ड स्पेशल इकोनोमिक जोनको सेयरमा बढोत्तरी भएको हो । यो सेयर भारतिय बजारमा धेरै मूल्यमा कारोवार हुने मध्येमा पर्छ ।


क्लिकमान्डु